Sunday, July 20, 2025
समाजहेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडक १६ दिनका लागि बन्द

हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडक १६ दिनका लागि बन्द

spot_img

हेटौँडा । हेटौँडालाई काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग चखेल–मातातीर्थ सडक आगामी १६ दिनका लागि बन्द गरिने भएको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष दुतराज तितुङका अनुसार महालक्ष्मी–दोभान–घट्टेखोला–चखेल–मातातीर्थ सडकको मकैबारी–मातातीर्थ खण्डमा सडक निर्माण कार्य भइरहेकाले चैत्र २३ गतेसम्म उक्त सडक बन्द गरिएको छ।

- Advertisement -

वडाध्यक्ष तितुङले बेस हाल्ने लगायतका सडक निर्माण कार्य भइरहेकाले उक्त अवधिभर सबै सवारी साधनको आवतजावत पूर्णरुपमा बन्द गरिएको र वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छन् ।

उक्त मार्गको मकवानपुर र काठमाडौँ दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img