Monday, February 17, 2025
समाजजेष्ठ नागरिकलाई तीर्थयात्रा

जेष्ठ नागरिकलाई तीर्थयात्रा

इटहरी । उपमहानगरपालिकाको मात्र होइन, सम्पूर्ण देशकै लागि नमुना हुने गरी इटहरी उपमहानगरपालिका वडा नं. २ ले आफ्ना एक सय बढी जेष्ठ नागरिकलाई एक दिने तिर्थयात्रा गराएको छ। बुढेसकालमा आफन्तहरूसँग गफगाफ गर्ने र घुम्ने अवसर नपाएकाहरूलाई मनन गरी यो कार्यक्रम गरिएको हो।

वडा कार्यालयले वडाको एक लाख ५० हजार बजेटबाट ज्येष्ठ नागरिकहरूलाई सप्तरी जिल्लाको कंकालिनी भगवती मन्दिर र छिनामस्ता मन्दिरमा लगेको थियो। यस अवसरमा वडाका जनप्रतिनिधि र कर्मचारीहरूले पनि ज्येष्ठ नागरिकहरूसँगै भ्रमण गरेका थिए। वडा अध्यक्ष माधव कोइरालाका अनुसार वडा कार्यालयले जेष्ठ नागरिकहरूको साथ दिन र उनीहरूको जीवन यापनलाई सहज बनाउन यस्ता कार्यक्रम गरिरहेको छ।

यस कार्यक्रममा सहभागी भुपाल भण्डारीले आफू खुसी भएको बताएका छन्। वडा कार्यालयले चालु आर्थिक वर्षको बजेटबाट यो कार्यक्रम गरेको हो र भावी वर्षहरूमा पनि यस्तै कार्यक्रम गर्ने योजना रहेको वडा अध्यक्ष कोइरालाले बताए।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img