Tuesday, December 3, 2024
समाजउद्योगहरूमा दैनिक आठदेखि १० घण्टासम्म अघोषित लोडसेडिङ

उद्योगहरूमा दैनिक आठदेखि १० घण्टासम्म अघोषित लोडसेडिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा गत माघको पहिलो सातादेखि नै दैनिक ८ देखि १० घण्टासम्म अघोषित रूपमा लोडसेडिङ गरिरहेको छ। पूर्वको विराटनगरदेखि पश्चिमको नेपालगञ्जसम्मका उद्योगहरूमा प्राधिकरणले लोडसेडिङ गरिरहेको उद्योगीहरू बताउँछन्।

तर, प्राधिकरणले अझै पनि लोडसेडिङको तालिका सार्वजनिक गरेको छैन। बिहान ४/५ घण्टा र बेलुका पनि त्यत्ति नै अवधि लोडसेडिङ हुने गरेकाले यसलाई अघोषित लोडसेडिङ भनिएको छ।

नेपाल स्टिल तथा रोलिङ मिल्स एसोसियसनका अध्यक्ष साहिल अग्रवालका अनुसार उद्योगहरूलाई दैनिक बिहान र बेलुका ४/४ घण्टा गरी ८ घण्टाको मौखिक जानकारी दिइएको छ। तर कतिपय ठाउँमा १२ घण्टासम्म लोडसेडिङ भइरहेको उनको भनाई छ।

विराटनगर-इटहरी, वीरगञ्ज-पथलैया, हेटौँडा, भैरहवा-बुटवल लगायतका प्रमुख औद्योगिक क्षेत्रमा लोडसेडिङ हुने गरेको छ। विराटनगरका उद्योगहरूमा दैनिक ८ घण्टा लोडसेडिङ भइरहेको रिलायन्स स्पिनिङ मिल्सले जनाएको छ।

प्राधिकरणका प्रवक्ता चन्दन घोषले भने पूर्वी क्षेत्रमा मात्र केही समस्या रहेको बताए। तर अन्यत्र लोडसेडिङ नभएको दाबी गरे।

माग र आपूर्तिबीचको खाडलका कारण प्राधिकरणले उद्योगहरूमा लोडसेडिङ गरिरहेको छ। हाल नेपालको पिक माग १८ सय ८५ मेगावाट रहेकोमा १४ सय ८३ मेगावाट मात्रै आपूर्ति हुन सकेको छ।

लोडसेडिङका कारण उद्योगको उत्पादन लागत बढेर महँगो परिरहेको उद्योगीहरूले गुनासो गरेका छन्। डिजेलबाट बिजुली उत्पादन गर्नुपर्दा लागत ज्यादा बढेको उनीहरूको भनाई छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img