समाजभोजपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

भोजपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

भोजपुर | भोजपुरको आमचौक गाउँपालिका – १० स्थितमा दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । बुधबार दिउँसो आमचोक ६ देवानटारका २० वर्षीय सुदीप दर्जी र १८ वर्षीय अजय राईको दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी टोलीले शव पोस्र्टमाटमको लागि धरानस्थित वीपी प्रतिष्ठान पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img