Wednesday, July 2, 2025
पर्यटननयाँ वर्षको अवसरमा 'मुन्धुम ट्रेल रेस' प्रतियोगिता हुँदै

नयाँ वर्षको अवसरमा ‘मुन्धुम ट्रेल रेस’ प्रतियोगिता हुँदै

spot_img

भोजपुर| नयाँ वर्षको अवसरमा, भोजपुरको टेम्केमैयुङ गाउँपालिका र रिमाचुङ स्पोर्टस् एण्ड एकेडेमीको आयोजनामा, छैटौं संस्करणको ‘मुन्दुम ट्रेल रेस २०२४’ आगामी बैशाख ३ तारिखमा हुने भएको छ।

यस प्रतियोगितामा भोजपुर नगरपालिका-४ स्थित बाघखोरबाट सुरु भई टेम्केमैयुङ गाउँपालिकाको चखेवा भञ्ज्याङमा समापन हुनेछ। ४० किलोमिटरको यो ट्रेल रेसको उद्देश्य चखेवा, टेम्केडाँडा र मुन्दुम ट्रेल क्षेत्रलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वका क्षेत्रका रूपमा देश-विदेशमा चिनाउनु र यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउनु रहेको छ।

-सूचना-

प्रतियोगितामा आर्मीसहित १० जिल्लाका कुल १५० जना खेलाडीहरू सहभागी हुने छन्, जसमा खुल्ला पुरुष तर्फ ९९ जना, खुल्ला महिला ३६ जना, ४० वर्ष माथिका पुरुष १२ जना र महिला ३ जना छन्।

विजेताहरूलाई नगद पुरस्कार, प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिने छ। यसैगरी, बैशाख १ र २ गते चखेवामा कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव पनि आयोजना हुने छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img