इन्फो नेपाल — सञ्चारको सञ्जाल

नेपालमा दूध उतपादन घट्याे

काठमाडौँ । कृषिप्रधान देश नेपालमा पछिल्ला दिनमा दुध उत्पादन घटेको प्रतिवेदन सार्वजनिक भएको छ ।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको प्रतिवेदनमा गत आव २०७९/८० को आठ महिनाको तुलनामा यो वर्ष दुध उत्पादन घटेको सार्वजनिक गरेको छ ।

सर्वेक्षण प्रतिवेदन अनुसार चालु आवको आठ महिनामा १७ लाख ४२ हजार ५६२ मेट्रिक टन दुध उत्पादन भएको छ । गत आवको सो अवधिमा भने १७ लाख ७० हजार ९२७ मेट्रिक टन उत्पादन भएको थियो । यो तथ्याङ्क हेर्दा गत वर्षभन्दा यो वर्ष दुध उत्पादन घट्ने अनुमान गर्न सकिन्छ ।

त्यसो त सरकारले हरेक वर्ष २६ लाख मेट्रिक टन बढी दुध उत्पादन हुने अनुमान गर्दै आएको छ । हाल आठ महिनासम्म उत्पादन भएको अवस्था हेर्दा अनुमानित सङ्ख्यामा पुग्न सक्ने अवस्था भने देखिँदैन । कृषि तथा पशुपन्छी मन्त्रालयले भने दुध बढी उत्पादन हुने सिजन सुरु भएकाले बाँकी चार महिनामा अनुमानित सङ्ख्याको उत्पादन हुने दाबी गरेको छ । मन्त्रालयका प्रवक्ता डा. चन्द्र ढकालले चालु आवको चार महिना बाँकी रहेको र आठ महिनाको प्रतिवेदनलाई आधार मान्दा अनुमानको नजिक पुग्ने अपेक्षा गरेको जानकारी दिए ।

गत आव २०७९/८० मा पनि कृषि मन्त्रालयले २६ लाख मेट्रिक टन दुध उत्पादन हुने अनुमान गरिएकोमा १७ लाख ७० हजार ९२७ मेट्रिक टन मात्रै उत्पादन भएको थियो । नेपाल दुग्ध विकास बोर्डका पूर्वनिर्देशक एवं पशुविज्ञ डा. राजेन्द्र यादवले छ महिनाअगाडि ‘लम्पी स्किन’ रोगका कारण धेरै गाईभँसीको क्षति भएकाले पनि यो वर्ष दुध उत्पादन अझै घट्ने देखिएको बताउनुभयो । उहाँका अनुसार दुध उत्पादन घट्नुमा दुध उत्पादन किसानले बेलामा भुक्तानी नपाउनु उपभोक्ताको आयआर्जन घट्नुलगायत रहेका छन् ।

प्रतिवेदन अनुसार आव २०७८/७९ मा २५ लाख ६६ हजार ६१४ मेट्रिक टन दुध उत्पादन भएकोमा आव २०७७/७८ मा २४ लाख ७९ हजार ८९९ मेट्रिक टन दुध उत्पादन भएको थियो ।

सम्बन्धित समाचार

सुनचाँदीको भाउ आज पनि बढ्यो

काठमाडाैँ । नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भए…

लगातार घटिरहेको सुनको भाउ आज बढ्यो

काठमाडाैँ।लगातार १० दिनदेखि ओरालो लागिरहेको नेपाली बजारमा सुनचाँदीको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ हजार ८०० रुपैयाँले उकालो लागेर प्रतितोल…

भरतपुरमा मंसिर २५ देखि ‘बिल्ड नेपाल एक्स्पो’, २५ हजार अवलोकनकर्ता आउने अपेक्षा

चितवन । सुस्ताएको घरजग्गा तथा निर्माण व्यवसायलाई चलायमान बनाउने र स्वदेशी लगानी प्रवर्द्धन गर्ने उद्देश्यले चितवनको भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ। नारायणी…