Friday, February 14, 2025
समाजविश्वकप खेल्न नपाएपछि मन भुलाउँदै सन्दीपः जन्मजिल्ला पुगेर गरे मन्दिर दर्शन

विश्वकप खेल्न नपाएपछि मन भुलाउँदै सन्दीपः जन्मजिल्ला पुगेर गरे मन्दिर दर्शन

सुनसरी । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो मन भुलाउन बनाउन जन्मथलो स्याङ्जा जिल्लामा रहेको डहरे देउराली मन्दिरको दर्शन गरेका छन्।

अमेरिकाले भिसा अस्वीकार गरेपछि आईसीसी टी-२० विश्वकप खेल्न नपाएका सन्दीपले मनोबल बढाउन डहरे देउरालीको दर्शन गरेका हुन्। मन्दिर दर्शन गरिरहेको र पुजारीसँग आशीर्वाद लिइरहेको तस्वीर नै उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
अदालतले बलात्कार मुद्दामा सन्दीपलाई निर्दोष ठहर गरेपनि अमेरिकी दूतावासले उनलाई विश्वकप खेल्न भिसा दिन अस्वीकार गरेको थियो। त्यसपछि सन्दीप नेपाली टोलीबाट बाहिरिएका थिए।

डहरे देउराली मन्दिर पर्वत र स्याङ्जाको सिमानामा अवस्थित छ। यो मन्दिर सन्दीपको जन्मथलो स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका-५ मा पर्दछ।

नेपाली टोलीले विश्वकपमा नेदरल्यान्ड्ससँग पहिलो खेल हारिसकेको छ। अब श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ। सन्दीपको अनुपस्थितिमा नेपाली टोलीले कडा चुनौती भोग्नुपर्नेछ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

spot_img