Tuesday, June 24, 2025
समाजयस्तो छ देशभरका सडकको अवस्था

यस्तो छ देशभरका सडकको अवस्था

spot_img

काठमाडौँ । सोमबार साँझसम्म काठमाडौं उपत्यकासहित देशभरका सडकमा यातायातको अवस्था निकै अस्तव्यस्त भएको छ। प्रहरीको जानकारी अनुसार, काठमाडौंका मुख्य चोक र सडकहरूमा सवारी साधनहरूको लामो लाइन लागिरहेको छ, जसले गर्दा यात्रुहरूलाई समयमै गन्तव्यमा पुग्न निकै समस्या भएको छ।

काठमाडौंका सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, झम्सीखेल, न्युरोडगेट, र लाजिम्पाट लगायतका ठाउँहरूमा सवारी जामको अवस्था उस्तै छ। लामो दूरीका सवारी साधन पुन: सञ्चालनमा आएपछि नयाँबसपार्क, गोंगबु, कलंकी, नैकाप, र नागढुंगामा ट्राफिक थप जटिल बनेको छ।

ललितपुरको नख्खुडोलको पुल भाँचिएपछि उक्त क्षेत्रमा सवारी आवागमन पूरै बन्द छ। पहिरोका कारण सिस्नेरी, फर्पिङ र कान्तिलोकपथ हुँदै उपत्यकामा आउने र बाहिर जाने सवारी साधनको यात्रा पनि ठप्प छ।

काभ्रेको धुलिखेल–खावा सडक एक लेनमा मात्र चलिरहेको छ भने, रोशी गाउँपालिकाको सडकमा आएको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ। त्यस्तै, सिन्धुलीको सुनकोशी गाउँपालिका र फिक्कल गाउँपालिकामा खसेको पहिरोले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा बन्द छ।

रामेछापको मन्थली नजिक सुनकोशी नदीले पुल बगाउँदा सवारी साधन रोकिएका छन् भने, सगरमाथा राजमार्गको केही स्थानमा पुल भत्किएकाले यातायात ठप्प छ। पाँचथरको फिदिम र हिलेहाङ गाउँपालिकामा पनि बाढीले पुल बगाउँदा मेची राजमार्गमा सवारी चल्न सकेको छैन।

देशभरका सडक पहिरो र बाढीका कारण अवरुद्ध हुँदा यात्रुहरूले कठिनाइ झेलिरहेका छन्। ट्राफिक प्रहरीले आवागमन सहज बनाउन प्रयास गरिरहेको छ भने, यात्रुलाई सडकको वर्तमान अवस्था बुझेर यात्रा गर्न सुझाव दिएको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img