Sunday, March 16, 2025
समाजगोरु तस्करी काण्ड: प्रहरीको भूमिका थप संकास्पद, रातोमाटे चौकीका इन्चार्जसहित तीन प्रहरी...

गोरु तस्करी काण्ड: प्रहरीको भूमिका थप संकास्पद, रातोमाटे चौकीका इन्चार्जसहित तीन प्रहरी निलम्बन

हेटौँडा । हेटौँडा हुँदै गोरु तस्करीमा प्रहरीको भूमिकामाथि थप प्रश्न उठेका छन्। रातोमाटे प्रहरी चौकीका इन्चार्ज कुमार फुयाँलसहित तीन जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिम्मेवारीबाट हटाएपछि घटनाले नयाँ मोड लिएको छ। गोरु तस्करी प्रकरणमा संलग्नताको आरोपमा चौकी इन्चार्ज फुयाँल, प्रहरी सहायक हवलदार विपिन कुशवाह र प्रहरी जवान केशर शाहीलाई तत्काल प्रभावबाट हटाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले जानकारी दिएका छन्।

एसपी खड्काका अनुसार उनीहरूलाई अनुसन्धानका लागि जिल्ला तानिएको छ भने रातोमाटे चौकीको नेतृत्वमा नयाँ प्रहरी सहायक निरीक्षकलाई पठाउने तयारी भइरहेको छ। घटनामा प्रहरीकै संलग्नता देखिएपछि जिम्मेवार अधिकारीहरूलाई हटाएर थप अनुसन्धान अघि बढाइने प्रहरी स्रोतले बताएको छ।

प्रहरीकै संरक्षणमा गोरु तस्करी?

यो घटनाले प्रहरीभित्रकै आन्तरिक मिलेमतोको संकेत गरेको छ। प्रहरी स्कर्टिङमै गोरु तस्करी भइरहेको आरोप लागेपछि, यसअघि रातोमाटे चौकीका प्रहरीमाथि मात्र शंका गरिएको थियो। तर, पछिल्लो अनुसन्धानमा उच्च तहसम्म मिलेमतो भएको आशंका गरिएको छ। पशु सेवा कार्यालय मकवानपुरका प्रमुख ब्रजकिशोर ठाकुरका अनुसार ट्रकलाई नियन्त्रणमा लिन खोज्दा स्थानीय प्रहरीले सहयोग नगरेको र सशस्त्र प्रहरी बलको सहयोगको पछी  मात्र ट्रक समात्न सफल भएको भएको थियो।

गोरु तस्करलाई सामान्य जरिवाना, कानुनी कारबाही अन्योलमा

यसैबीच, जिल्ला पशु सेवा कार्यालय मकवानपुरले गोरु तस्करीमा संलग्न भिष्म राईलाई केवल ५ हजार रुपैयाँ जरिवाना गरेर गोरुहरू फिर्ता गरिदिएको छ। ठाकुरका अनुसार, राईलाई मापदण्ड विपरीत गोरु ल्याएको भन्दै जरिवाना तिराएर गोरुहरूलाई पुरानै स्थानमा लैजान निर्देशन दिइएको छ। यद्यपि, प्रहरीले कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भन्दै यो निर्णयप्रति असन्तुष्टि जनाएको छ।

यस घटनाले नेपालमा पशु तस्करीमाथिको कानुनी कडाइ, प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। घटनाका मुख्य संलग्न व्यक्तिहरू अझै कानुनी दायरामा आउन सकेका छैनन् भने सरकारी निकायहरूको असहयोगका कारण यो प्रकरण थप रहस्यमय बन्दै गएको छ। अब प्रहरीले थप अनुसन्धान अघि बढाउने वा विषयलाई सामान्य बनाएर मिलाउन खोज्ने भन्ने प्रश्न उठेको छ।

प्रहरीले छोड्यो, सशस्त्रले समात्यो: २५ गोरु सहित तस्करी ट्रक नियन्त्रणमा

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img