समाजवीरगन्जमा हैजाको प्रकोप, चार वडामा ४१ जनामा संक्रमण

वीरगन्जमा हैजाको प्रकोप, चार वडामा ४१ जनामा संक्रमण

पर्सा । वीरगन्ज महानगरका चार वडामा हैजा (कोलेरा) फैलिँदै जाँदा संक्रमित र उपचाररत बिरामीको संख्या तीव्र रुपमा बढ्न थालेको छ।

जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार हालसम्म वडा नम्बर ३, ११, १२ र १३ का ४१ जनामा हैजा पुष्टि भइसकेको छ। समुदायस्तरमै संक्रमण फैलिएको देखिएकाले संक्रमित थपिने क्रम जारी रहेको उनले बताए।

शनिबार साँझसम्म वीरगन्जका विभिन्न अस्पतालमा ४१ संक्रमितमध्ये नारायणी अस्पतालमा १८, तराई हस्पिटलमा १२, नेसनल मेडिकल कलेजमा पाँच, अलिअर्थो सेन्टरमा चार र भवानी हस्पिटलमा दुई जना उपचाररत छन्। यससँगै झाडापखाला र हैजाका शंकास्पद गरी तीन सयभन्दा बढी बिरामी विभिन्न अस्पतालमा उपचाररत छन्।

नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार शय्या अभाव भएपछि बिरामीलाई बरन्डाको भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था आएको छ। अस्पतालमा हैजा पुष्टि भएका मात्रै ३० भन्दा बढी बिरामी उपचाररत छन्।

यस्तै, खानेपानी, सरसफाइ र ढल व्यवस्थापनको अवस्था बुझ्न खानेपानी मन्त्री प्रदीप यादव शनिबार वीरगन्जका विभिन्न अस्पताल पुगेका थिए। उनले संक्रमितको स्वास्थ्य अवस्था र अस्पतालको सेवा सुविधा प्रत्यक्ष अवलोकन गरेका छन्।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img