समाजहेटौँडाका उपप्रमुख राजेश बानियाँमाथि आक्रमण

हेटौँडाका उपप्रमुख राजेश बानियाँमाथि आक्रमण

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँमाथि आइतबार बिहान आक्रमण भएको छ। बिहान करिब १० बजेतिर हेटौँडा–२, बुद्धचोकमा उनीमाथि आक्रमण भएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिएका छन्।

प्रहरीका अनुसार उपप्रमुख बानियाँ साथीहरूसँग बसिरहेका समयमा एक्कासी आक्रमण भएको थियो। घटनामा उनी सामान्य चोटग्रस्त भएका छन्।

आक्रमणमा संलग्न हेटौँडा–२ का ५१ वर्षीय पुरुषोत्तम खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। खड्काले यसअघि नेता विरोध खतिवडामाथि पनि आक्रमण गरेको खुल्न आएको प्रहरीको भनाइ छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img