राजनीतिदेशले पहिलो महिला महान्यायाधिवक्ता पायो

देशले पहिलो महिला महान्यायाधिवक्ता पायो

काठमाडौं |  मुलुकले पहिलोपटक महिला महान्यायाधिवक्ता पाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार शुक्रबार राष्ट्रपति पौडेलले बराललाई नियुक्त गरेका हुन्। यसअघि आजै महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका थिए। बडालको राजीनामा स्वीकृत भएपछि बराललाई नयाँ महान्यायाधिवक्ता नियुक्त गरिएको हो।

बरालको नियुक्तिसँगै देशको कानुनी क्षेत्रको सर्वोच्च पदमा महिलाको प्रतिनिधित्व भएको छ। यसअघि सम्म महान्यायाधिवक्ता पदमा महिला पुग्न सकेका थिएनन्।

प्रधानमन्त्री कार्की स्वयं पहिलो महिला प्रधानन्यायाधीश र पहिलो महिला प्रधानमन्त्री बनेकी नेतृ हुन्। उनको सिफारिसमा देशले पहिलो महिला महान्यायाधिवक्ता पाएको हो।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img