अर्थ व्यापारदसैँका लागि सुकिला नोट सटही सुरु
spot_img

दसैँका लागि सुकिला नोट सटही सुरु

काठमाडौं। नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गर्दै आइतबारदेखि सुकिला नोट सटही सुरु गरेको छ।

राष्ट्र बैंकका उप–प्रवक्ता सुमन न्यौपानेका अनुसार प्रति प्याकेट १८ हजार पाँच सय रुपैयाँ बराबरको सुकिला नोट वितरण भइरहेको छ। “थापाथलीस्थित नेपाल राष्ट्र बैंक र प्रदेश कार्यालयहरुबाट सुकिला नोट वितरण सुरु भएको छ,” उनले भने।

उनका अनुसार राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुलाई पनि सुकिला नोट उपलब्ध गराएको छ। ती बैंकले तोकिएका आफ्ना शाखाबाट ग्राहकलाई नोट सटही गर्ने व्यवस्था मिलाएका छन्।

सर्वसाधारणले आफ्नो खाता रहेको सम्बन्धित बैंकबाट नयाँ नोट पाउन सक्नेछन्। राष्ट्र बैंकका अनुसार असोज १० गतेसम्म सुकिला नोट सटही गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img