देशचाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन

मकवानपुर । आगामी दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै प्रहरीले देशभर विशेष सुरक्षा योजना लागू गरेको छ। सर्वसाधारणको सुरक्षा, औद्योगिक प्रतिष्ठान तथा सडक यातायातलाई सुरक्षित बनाउने उद्देश्यले यो योजना सुरु गरिएको प्रहरीले जनाएको छ।

​यस पटक विगतका वर्षहरूभन्दा अलि अघि नै सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले जानकारी दिए। योजनाअन्तर्गत देशभर ५० हजारभन्दा बढी प्रहरी कर्मचारी परिचालन गरिएको छ। मुख्य बजार, चोक तथा भीडभाड हुने स्थानहरूमा सीसीटीभी र ड्रोनमार्फत कडा निगरानी मिलाइएको छ। त्यसैगरी डिजिटल ठगी, एआई (AI) को दुरुपयोग तथा अनलाइन सपिङका नाममा हुने ठगी नियन्त्रणका लागि पनि विशेष सतर्कता अपनाइएको प्रवक्ता काफ्लेले बताए।

​सडक दुर्घटना न्यूनीकरण र यात्रालाई सहज बनाउन लामो दूरीका सवारीसाधनमा दुई जना चालक अनिवार्य गरिएको छ। गाडीको प्राविधिक अवस्था जाँच गर्न र क्षमताभन्दा बढी यात्रु राख्न नदिन ठाउँ-ठाउँमा जाँच कडा पारिएको छ। प्रहरीका अनुसार देशभर ४०० भन्दा बढी स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी १ हजार १०० भन्दा बढी प्रहरी खटाइएको छ।

​अपराध नियन्त्रण र अनुसन्धानलाई उच्च प्राथमिकतामा राखिएकाले सर्वसाधारणलाई ढुक्क भएर चाडपर्व मनाउन प्रहरीले आग्रह गरेको छ।

यस वर्ष दशैँको टीका कात्तिक ४ गते परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीकाको उत्तम साइत सोही दिन बिहान १०:२६ बजे रहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img