सुनसरी : काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका -५ नम्बर वडा च्याल्टि बालुवा सामुदायिक वनमा एक पुरूषको बेवारिसे अवस्थामा शव फेला परेको छ । शव सोमबार बेवारिसे शव फेला परेपछि जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।
घाँस काट्न जाँदा स्थानीयले बेवारिसे अवस्थामा एक पुरूषको शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यलय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जनाएका छन् ।
उनका अनुसार प्रहरीको टोली अहिले घटना स्थलमा पुगिसकेको छ । शवको पहिचान खुल्न बाँकी रहेको छ भने घटनाको थप जानकारी आउन बाँकि रहेको छ ।



