कोही माथी निर्भर नहुनु, केही पनि आशा नराख्नु र केही पनि नमाग्नु नै स्वतन्त्रता हो । तर आआफ्नो दायित्व जिम्मेवारी र सामाजिक बिकास निर्माणकार्यमा स्थानीय प्रत्यक्ष उपभोक्ता सक्रियताका साथ संबंधित निकायमा खुलस्त सकारात्मक अन्तरक्रिया गर्नु गराउनु निर्णयमा पुग्नु नैतिक सफलता हो ।
साथै ठोस कार्यान्वयन गरेर सम्पन्न गर्नु सामाजिक सफलता भएकोले समाजमा भ्रष्टचार निर्मुल अभियान प्रत्येक ब्यक्ति ब्यक्ती बाट सुरु गरौं र ईमानदार नै मानवीयता,सामाजिक, राजनीतिक जिम्मेवारी रहेको मकवानपुर गढी वडा नम्बर ६ का वडा अध्यक्ष टीका प्रसाद दाहालको भनाई छ ।
साथै भावी दिनमा समाजको निम्ति जस्तोसुकै चुनौती आईपरेपनी सामाजिक हितको लागि कुनै कन्जुस्याइँ नगर्ने टोल प्रतिनिधिहरुको भनाई थियो ।
जहाँ स्थानीय सरोकारवाला विभिन्न राजनीतिक दलका युवा प्रतिनिधिहरु, ब्यवसायिक बर्गहरु,समाजसेवि ,समसामयिक उपस्थिति निस्वार्थ सकारात्मक ऎक्यवद्धता प्रत्येक शब्दमा सकारात्मक सम्बोधन र एकताको सक्रियता नमुना बनेको थियोे ।



