Monday, May 12, 2025
राजनीतिएमालेले पौडेलद्वय बाहेक पुरानै मन्त्रीलाई दोहोर्‍याउने
spot_img

एमालेले पौडेलद्वय बाहेक पुरानै मन्त्रीलाई दोहोर्‍याउने

काठमाडौं – नयाँ गठबन्धन सरकारमा नेकपा एमालेले विष्णु पौडेल र विमला राई पौड्यालबाहेक अन्य पुरानै मन्त्रीलाई दोहोर्‍याउने भएको छ । गत वर्ष करिब दुई महिना मात्र मन्त्री बनेका रघुवीर महासेठ, राजेन्द्र राई, भगवती चौधरी, दामोदर भण्डारी, ज्वालाकुमारी साह, हरि उप्रेती र बलराम अधिकारीलाई नै मन्त्री बनाइने भएको हो।

महासेठले उपप्रधानमन्त्रीसमेत भई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। पदम गिरीले मन्त्रीको शपथ लिइसकेका छन् भने अन्य मन्त्रीहरूले आज नै शपथ लिने तयारी भइरहेको छ।

एमालेबाट मुख्य दुई नेता विष्णु पौडेल र विमलाराई पौड्याललाई बाहेक गरेपछि करिब सबैजना पुरानै मन्त्री हुन लागेका हुन्। उनीहरूलाई पुरानै मन्त्रालयको जिम्मेवारी दिइने सम्भावना छ।

अन्य दलहरू रास्वपा र माओवादीले पनि आफ्ना मन्त्री टुंग्याइसकेका छन्।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img