Thursday, December 5, 2024
राजनीतिप्रचण्डका भाइ नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष

प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष

काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइ नारायण दाहाल नयाँ राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सत्ता गठबन्धनको तर्फबाट पेश गरिएको प्रस्तावलाई बहुमतले पारित गरिएपछि निर्वाचन भएको हो ।

मतविभाजनको परिणामअनुसार उपस्थित ५६ सांसदमध्ये ३९ जनाले दाहाललाई समर्थन गरेका थिए, भने १७ जनाले विरोध गरेका थिए। दाहाल नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य र बागमती प्रदेशका सह-इन्चार्ज हुन्।

२०१२ फागुन १२ गते कास्कीको ढिकुरपोखरी लेबाडेमा जन्मिएका दाहालले शिक्षाशास्त्र संकायबाट स्नातक उपाधि हासिल गरेका छन्। उनी २०२७ सालदेखि नै विद्यार्थी राजनीतिमा लागेका हुन्। योसँगै उनको राजनीतिक यात्रा शुरु भएको थियो।

हाल ५८ वर्षीय दाहालले २०६३, २०६४-२०६९ र २०७८ चैत्रमा क्रमशः अन्तरिम संसद, संविधानसभा र राष्ट्रिय सभा सदस्यको रुपमा काम गरिसकेका छन्। बागमती प्रदेशको अध्यक्ष पनि रहिसकेका दाहाल हालै सम्पन्न आठौं महाधिवेशनबाट माओवादी केन्द्रको स्थायी समिति सदस्य समेत छन्।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img