Tuesday, December 3, 2024
राजनीतिसाझा दृष्टिकोण बनाएर अगि बढौँ : सांसद बर्तौला

साझा दृष्टिकोण बनाएर अगि बढौँ : सांसद बर्तौला

हेटौंडा । मकवानपुरका जनप्रतिनिधिहरूलाई साझा दृष्टिकोण बनाएर अगाडि बढ्न आग्रह गरिएको छ । जिल्ला समन्वय समितिमा आयोजित आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक समीक्षा गोष्ठीमा सहभागीहरूलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य महेश बर्तौलाले साझा संकल्प बनाएर अगाडि बढ्न आग्रह गरेका हुन् ।

“मकवानपुर जिल्लालाई अगाडि बढाउन हामी सबैले साझा दृष्टिकोण र संकल्प बनाएर अगाडि बढ्नुपर्छ,” बर्तौलाले भने, “हामी जुनसुकै पार्टीबाट निर्वाचित भए पनि स्थानीय तह र जिल्ला विकासका लागि नै निर्वाचित भएका हौं ।”

यस्तै, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले संसदहरू सरकार बनाउने र गिराउने कामबाहेक अरू विकास निर्माणका विषयमा केही नगरेको गुनासो गरिन् । “यहाँका दुईजना संसदहरू हुनुहुन्छ, तर बजार क्षेत्रको सडक विस्तार, घरधनीलाई मुआब्जाको विषयमा कुनै चर्चा नै हुँदैन,” उनले भनिन्, “सबैले आ-आफ्नो जिम्मेवारी बहन गर्नुपर्छ ।”

संसद् बर्तौलाले भने सरकार बनाउने र गिराउने जिम्मेवारी मेयरहरूको नभएको बताए । “सरकार बनाउने र गिराउने काम संसदहरूको हो, मेयरहरूको होइन,” उनले प्रश्न गरे, “आज एउटा सरकार छ भने भोलि अर्को सरकार बन्न सक्छ, के यो मेरो दोष हो?”

विकास निर्माणको सार्वजनिक योजना के हो भन्ने विषयमा छलफल गर्न तयार रहेको बताउँदै बर्तौलाले भने, “हामीले समझदारीपूर्वक काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ । बाटो फराकिलो पार्नुपर्छ तर त्यसमा घरधनीलाई नै सडकमा ल्याउनु हुँदैन ।”

“हामी के कारणले राजनीति गरिरहेका छौं? यहाँका उद्योगहरू किन फस्टाउन सकेनन्?” बर्तौलाले प्रश्न गरे, “म नीति बनाउने ठाउँमा छु र निर्वाचनको बेला बाटो, घाटो, विद्यालय, खानेपानी बनाउने वाचा गरेको थिएँ । त्यो मैले साझेदारी गर्नुपर्छ भने विशेष काम स्थानीय जनप्रतिनिधिहरूको हो ।”

उनले सबैसँग सामान्य हुन र दोषारोपण अन्त्य गर्न आग्रह गरे ।

कार्याक्रममा मकवानपुरका जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रमुख र सुरक्षा निकायका प्रतिनिधिहरू लगाएतको उपस्थितिमा रहेको थियो । गोष्ठीमा पालिकाहरुले आआफ्नो पालिकाको आर्थिक र बिकासका समिक्षा प्रतुत गरेका थिए भने राजनीतिक दलका प्रतिनिधिहरुले गुनासाहरु राखेका थिए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img