बागमती प्रदेशमकवानपुरमकवानपुरमा राप्रपाको क्षेत्रीय अधिवेशन शनिबार, नयाँ नेतृत्व चयन हुने

मकवानपुरमा राप्रपाको क्षेत्रीय अधिवेशन शनिबार, नयाँ नेतृत्व चयन हुने

हेटौँडा | राप्रपा मकवानपुर क्षेत्र नं १(ख) को क्षेत्रीय अधिवेशन शनिबार हेटौँडामा हुँदैछ।  सांसद दीपकबहादुर सिंहको प्रमुख आतिथ्यमा हेटौँडा–४ स्थित बालकुमारी पार्टी प्यालेसमा बिहान ११ बजे कार्यक्रम सुरु हुनेछ। आयोजक समितिका अध्याक्ष उमेश थापाका अनुसार अधिवेशनको तयारी पूरा भएको छ।

नयाँ नेतृत्व चयन गर्दै समिति पुनर्गठन हुनेछ। सबै तयारी पूरा भइसकेको छ र यो क्षेत्रलाई अझ सक्रिय बनाउने उद्देश्य लिएको थापाले बताए ।

युवा समाजसेवीका रूपमा परिचित थापा बागमती प्रदेश सभामुखको सचिवालयमा कार्यरत छन्। उनी सामाजिक सेवा, खेलकुद र विपन्न समुदायका लागि विभिन्न सहयोग गर्दै आएका व्यक्तिका रूपमा चिनिन्छन्।

राप्रपाले यसअघि नै जिल्ला अधिवेशनअघि क्षेत्रीय तहका अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो। पार्टीका युवा नेता मुरारी पौडेलका अनुसार महिला संगठनको अधिवेशन पनि यही क्रममा हुनेछ भने जिल्ला अधिवेशन भदौ महिनामा सम्पन्न गर्ने योजना छ।

पार्टीले पछिल्ला वर्षहरूमा संगठनलाई सक्रिय बनाउन अधिवेशन प्रक्रियालाई प्राथमिकतामा राख्दै आएको छ।मकवानपुरमा राप्रपाको संगठनात्मक संरचना बलियो बनाउन नयाँ नेतृत्व चयन महत्वपूर्ण हुने बताइएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img