इन्फो नेपाल — सञ्चारको सञ्जाल

बहादुरसिंह लामाको असक्षमताले सात प्रदेशमध्ये बेकामे बन्यो बागमति सरकार

हेटौँडा | सरकार सञ्चालनमा अत्यन्तै कमजोर भूमिका र विवादित आचरणका कारण बागमति प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा आफ्नै पार्टीबाट अपदस्थ हुनुपर्ने अवस्थामा पुगेका छन् । मुख्यमन्त्रीका रुपमा उनको एक वर्षे कार्यकाल बागमती प्रदेशको अहिलेसम्मकै कमजोर बनेकोा टिप्पणी उनकै सरकारमा सहभागी मन्त्रीहरुको छ । सरकार प्रभावकारी हुन नसकेको, कमजोर निर्णय क्षमता र अनुचित लाभमा फस्दै गएका मुख्यमन्त्री लामाका कारण प्रदेश सरकार नै बदनाम भएपछि कांग्रेसकै सांसदहरुले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । उनको सरकारमा सहभागी कांग्रेसकै चार मन्त्रीले पदबाटै राजीनामा दिइसकोक छन् ।

"मुख्यमन्त्रीको कार्यक्षमतामाथि सुरुमै आशंका नभएको त होइन, तर पनि अनुभव गर्दै जाँदा सिकिँदै जान्छ भन्ने हाम्रो बुझाइ थियो," मन्त्रीबाट राजीनामा दिएका मीनकृष्ण महर्जनले भने, "तर एक वर्षसम्म उहाँले काम गर्नै सक्नुभएन । न त काम गर्ने मन्त्रीहरुलाई सहयोग गर्नुभयो ।"

सरकारमा टाँसिएर बस्नुभन्दा बिकल्प खोज्नुपर्ने निष्कर्षमा आफूहरु पुगेको उनको भनाई छ । "मन्त्री बनिरहन त के समस्या थियो तर सरकारकै बेइज्जत हुन थाल्यो । उहाँमा काम गर्ने न त ढंग थियो न अनुभव देखियो, त्यसपछि उहाँको बिकल्प खोजेनौं भने प्रदेश सरकार नै दुर्घटना पर्ने अवस्था आयो," महर्जनले भने ।

कांग्रेसका बागमती प्रदेश अध्यक्ष इन्द्र बानियाँलाई संसदीय दलको नेतामा पराजित गरेर मुख्यमन्त्री बनेका हुन् लामा । तर विगतमा उनलाई साथ दिएका सांसदहरु नै मुख्यमन्त्रीविरुद्ध उभिएका छन् । जसले मुख्यमन्त्रीको कार्यक्षमतामाथि व्यापक प्रश्न उठेको हो ।

कांग्रेसमा सभापति शेरबहादुर देउवा निकट मानिने लामालाई मुख्यमन्त्रीबाट हटाउन देउवा बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको हो । मुख्यमन्त्री लामा नेतृत्वको सरकारले हालै ल्याएको प्रदेश बजेटले त देशभर नै चर्चा पायो ।

"बागमती प्रदेशको बजेटमा गण्डकीका लागि बजेट छुट्याइयो, यो कतिसम्मको लाजमर्दाे अवस्था भयो होला," कांग्रेसकै अर्का प्रदेशमन्त्रीले भने, "यो सबैको जिम्मेवारी मुख्यमन्त्रीले लिनुपर्दछ । उहाँले न त कर्मचारी प्रशासन चलाउन सक्नुभयो न कुनै कार्यकुशलता देखियो । उहाँलाई जति पदमा राख्यो,त्यति समस्या देखिने भयो । अनि हटाउने निष्कर्षमा पुगेका हौं ।"

मुख्यमन्त्री लामाले बागमति प्रदेशमा एकाध गाडीको मोनोपोली कायम राख्न उनीहरुबाट अनुचित लाभ लिएको गम्भीर आरोप समेत लागेको छ । उनले अरुलाई प्रतिस्पर्धामा आउनै नदिन केहि सिमित व्यवसायीबाट ठूलो रकम असुली गरेको आरोप लागेको हो ।

बागमति प्रदेशमा कांग्रेसका ३७ सदस्य छन् । बहुमतका लागि १९ जनाको समर्थन आवश्यक हुन्छ । प्रदेश अध्यक्ष बाँनियालाई दलको नेता समर्थन गर्दै २१ प्रदेश सभा सदस्यले हस्ताक्षर दलको कार्यालयमा दर्ता गरिसकेका छन् ।

सम्बन्धित समाचार

पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

हेटाैँडा । नेपाली कांग्रेसका नेता तथा वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतका अनुसा…

प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै

काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दैछन्। प्रधानमन…

धादिङको रुबीभ्यालीमा बोलेरो जिप दुर्घटना हुँदा १ महिलाको मृत्यु, गम्भीर ६ घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका ६ जनालाई थप उपचारका ल…