फिचरसंकटको घडीमा हिम्मतिली महिला प्रधानमन्त्री

संकटको घडीमा हिम्मतिली महिला प्रधानमन्त्री

काठमाडौँ । मुलुक अभूतपूर्व संकटमा छ । जेनजी आन्दोलन, युवा आन्दोलनकारीको मृत्यु, सडकमा फैलिएको आक्रोश, प्रधानमन्त्रीको राजीनामा र संसद् विघटन । यिनै संवेदनशील घडीमा पहिलो पटक देशको नेतृत्व गर्न पहिलो महिला प्रधानमन्त्री बन्दै सुशीला कार्की अगाडि आएकी छन् ।

पूर्वप्रधानन्यायाधीशको रूपमा निष्पक्षता, इमानदारी र साहसिक निर्णयका लागि परिचित कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाइएको छ । आन्दोलनको आगो निभाउने, राजनीतिक सहमति कायम गर्ने र असन्तुष्ट पुस्तालाई विश्वास दिलाउने जिम्मेवारी अहिले उनको काँधमा छ ।

यो नियुक्ति साधारण होइन । यो “संकट व्यवस्थापनमा महिलाको नेतृत्व” को पहिलो ऐतिहासिक प्रयोग हो । मुलुककै पहिलो महिला प्रधानन्यायाधीश भएर पहिल्यै इतिहास रचेकी कार्कीले अब मुलुककै पहिलो महिला प्रधानमन्त्री बनेर अर्को पाना पल्टाएकी छन् ।

तर उनको जिम्मेवारी प्रतीकात्मक मात्र छैन । जेनजी आन्दोलनको घाउ मल्हमपट्टी गर्ने, भ्रष्टाचार र कुशासनविरुद्ध स्पष्ट सन्देश दिने, र छिटो निर्वाचनसम्मको बाटो तयार गर्ने यी सबै चुनौतीसँग उनले जुध्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img