असोज १७,
इटहरी : वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल सुनसरी जिल्ला कमिटीको संयोजक कुमार खाती
सचिव: सुस्मिता गहतराज हुनुहुन्छ । नेपालमा धेरै कम्युनिस्ट हरु आए र केही ले सरकार पनि चलाउने तर नेपाली जनताको मुक्ति नगर्ने आफ्नो स्वार्थ पूरा गर्न दलाल हरु संग साँठगाँठ गर्ने प्रबृत्ति देखा परेको छ।
अहिले विश्वमा कम्युनिस्ट पार्टी वा कम्युनिस्ट आन्दोलन केही कमजोर भएको पनि देखिन्छ। यसको मुख्य कारण के हो भन्ने कुरा पनि आउँछ। हाम्रो वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले अबको कम्निस्ट आन्दोलन हिजोको जस्तो पुरानो तरिकाले होइन ।एउटा नयाँ विचार का साथ आन्दोलन लाइ अघि बढाउनुपर्छ भन्ने निष्कर्ष निकालेको छ । भनाइ को मतलब लेलिन ले गरेको ब्याख्या अव मेल खादैनन्।
लेलिन को युग समाप्त भयो लेलिन ले व्याख्या गरेको युग र अहिले को विज्ञान प्रविधिमा आधारित युग मिल्दैन ।कुनै पनि विचार निस्चित समयको लागि सहि हुन सक्छ तर सधै सहि वा अन्तिम सत्य हुन सक्दैन। यसकारण समय सापेक्ष विचार हरु निर्माण गर्नु पर्छ । नेपालमा दस वर्षको जनयुद्ध असफल हुनुको मुख्य कारण व्यक्तिमा खराब भएर भन्दा पनि ठिक विचारको निर्माण गर्न नसक्नु हो।
भएको उपलब्धि पनि उल्टिनु बिचारमा खडेरी भएरै नै हो। अबको कम्युनिस्ट आन्दोलन अहिलेको समय सुहाउँदो ठिक बिचारको निर्माण संगसंगै दलाल सम्सदिय ब्यबस्था को बिरुद्ध संघर्ष गर्नु पर्छ । र दलाल सम्सदिय व्यवस्थाको बिकल्प भनेको वैज्ञानिक समाजवाद नै होयी यस्ता कुरा पार्टीको धेरै भनाइ छन् ।



