Sunday, January 19, 2025
खेल समाचारपब्जी खेलाडीलाई हौसला दिन बालेन इन्डोनेसियामा

पब्जी खेलाडीलाई हौसला दिन बालेन इन्डोनेसियामा

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बलेन शाह शुक्रबारदेखि सुरु हुने पब्जी मोबाइल वर्ल्ड च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका दुई नेपाली टोलीलाई प्रोत्साहन गर्न श्रीमतीसहित इन्डोनेसियाको जकार्ता पुगेका छन् ।

उनले आफ्नो फेसबुक पेजमा नेपाली टोली डीआरएस गेमिङ र टीटीके ग्रुपलाई शुभकामना दिँदै नेपाली टोलीको प्रदर्शनबारे निरन्तर लेखिरहेका छन् ।

बालेनबारे जानकार स्रोतका अनुसार उनले प्रतियोगतामा सहभागी हुन जाने टोलीहरुलाई विदाई समेत गरेका थिए । यसअघि मेयर निर्वाचित भएपछि बालेनको नेतृत्वमा महानगरपालिकाले आफ्नो कार्यक्रममा ई–स्पोर्टस्‌सँग सम्बन्धित गतिविधि र प्रतियोगिताको सहयोगका लागि बजेट विनियोजन गरेपछि उनको ई स्पोर्टस्‌प्रतिको लगाव चर्चाको विषय बनेको थियो । यस विषयमा जिज्ञासा राख्दा महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले मेयरको भ्रमण अनौपचारिक भएकाले विस्तृतमा थाहा नभएको बताए । साथै, उनले ई स्पोर्टस् प्रवर्द्धनको लागि बजेट विनियोजन भएको भए पनि अहिलेसम्म खर्च भइनसकेको जानकारी दिए ।

जकार्तामा हुने इन्टरनेशनल एक्स्पोमा आयोजना हुने तीन दिने भव्य फाइनल प्रतियोगितामा विभिन्न देशका १६ टोलीले १५ लाख डलर पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । उक्त टोलीमा चीनबाट ३, ब्राजिलबाट ३, नेपालबाट २, टर्कीबाट २, मंगोलियाबाट २, थाइल्यान्डका २ र मलेसिया र इन्डोनेसियाका एक–एक खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img