इन्फो नेपाल — सञ्चारको सञ्जाल

पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ

सिरहा । पूर्वमन्त्री तथा नेकपा नेता मातृका प्रसाद यादवका नाति सन्तुलन कुमार यादव ठगीसम्बन्धी कसुरमा पक्राउ परेका छन्। मिर्चैया नगरपालिका–६ निवासी करिब २५ वर्षीय सन्तुलनलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको हो।

​प्रहरीका अनुसार सन्तुलन पूर्वमन्त्री यादवकी छोरी सङ्गीता देवी यादवका छोरा हुन्। उनले सोही वडाका अली भनिने गुलाम गौससँग आमा बिरामी रहेको बहाना बनाउँदै पटक–पटक गरी १३ लाख ७० हजार ७५० रुपैयाँ ठगी गरेको जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो। उनले खल्ती एप, बैंक ट्रान्सफर र नगदमार्फत उक्त रकम लिएको प्रहरीको भनाइ छ।

​पीडित गुलाम गौसले पटक–पटक पैसा फिर्ता माग्दा सन्तुलनले आलटाल गर्दै रकम नदिएपछि प्रहरीमा उजुरी परेको थियो। पक्राउ परेका यादवमाथि गुलामसँग मात्र नभई अन्य धेरै व्यक्तिबाट समेत लाखौँ रुपैयाँ ठगी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।

​जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार मिर्चैया प्रहरीले यादवलाई पाँच दिनअघि नै पक्राउ गरे पनि जिल्लामा पक्राउसम्बन्धी विवरण ढिलो गरी प्राप्त भएको हो। उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको सूचना अधिकारी पालले जानकारी दिए।

​यसैबीच, पक्राउ परेको पाँच दिनसम्म प्रहरीले घटना सार्वजनिक नगर्नुमा राजनीतिक दबाब रहेको स्रोतको दाबी छ। पूर्वमन्त्री यादवले नातिलाई छुटाउन दबाब बढाइरहेको स्रोतले दाबी गरे पनि यस विषयमा पूर्वमन्त्री यादवसँग आधिकारिक प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा नआएको जनाइएको छ। यस्तै, इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुखसँग पनि सम्पर्क हुन सकेको छैन।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको भारत भ्रमणमा शुभारम्भ गरिएको रेल जनकपुर आइपुग्यो

नेपाल र भारतका प्रधानमन्त्रीले सोमबार शुभारम्भ गरेको अयोध्याधाम–जनकपुरधाम रेल सेवाअन्तर्गत ‘सरयू–कमला एक्सप्रेस’ रेल आज मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ। ​प्रधानमन्त्री बालेन्द्र…

धनुषामा छठघाट रुङ्न बसेका ६० वर्षीय पुरुष शंकास्पद अवस्थामा मृत फेला, एक जना नियन्त्रणमा

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका–२ मतौनास्थित धनी पोखरीमा छठघाट रुङ्न बसेका एक पुरुष शंकास्पद अवस्थामा मृत फेला परेका छन्। स्थानीय करिब ६० वर्षीय रामजतन यादव (म्यानेजर) आज (सो…

इन्फो डेस्क

रौतहटको मौलापुरमा मोटरसाइकल दुर्घटना: एक वृद्धाको मृत्यु, दुई घाइते

राैतहट । रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित मौलापुर–शीतलपुर सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। ​आज बिहान करिब १…

इन्फो डेस्क