इन्फो नेपाल — सञ्चारको सञ्जाल

लामो समयदेखि बन्द विराटनगर जुट मिल्स सञ्चालन गर्ने सरकारको तयारी

मकवानपुर । लामो समयदेखि बन्द रहेको विराटनगर जुट मिल्स पुनः सञ्चालनमा ल्याउन सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तासँग आशयपत्र माग गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा सार्वजनिक–निजी साझेदारी मोडेलमा उद्योग चलाउन ३५ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान गरिएको हो।

​विराटनगर जुट मिल्स सञ्चालक समितिका अध्यक्ष नन्दलाल देवकोटाका अनुसार नेपाल, भारत, बङ्गलादेश र चीनका कम्पनीले उद्योग सञ्चालनका लागि आशयपत्र पेस गर्न सक्नेछन्। नेपालमा हाल जुट उद्योग चलाइरहेका व्यवसायीले समेत विदेशी कम्पनीसँग साझेदारी गरेर प्रस्ताव हाल्न पाउने व्यवस्था गरिएको उनले जानकारी दिए।

​नयाँ लगानीकर्ताले उद्योगलाई आधुनिक प्रविधिसहित सञ्चालन गरी दैनिक १२५ टन जुट तथा जुटजन्य सामग्री उत्पादन गर्नुपर्ने लक्ष्य राखिएको छ। उद्योग पूर्ण क्षमतामा चलेमा ५ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ।

​वि.सं. १९९३ मा स्थापना भएको विराटनगर जुट मिल्स देशकै पहिलो आधुनिक उद्योग हो। पटक–पटक खुल्दै र बन्द हुँदै आएको यो उद्योग पछिल्लो लामो समयदेखि ठप्प छ।

सम्बन्धित समाचार

जङ्गली हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम

मकवानपुर । झापाको उत्तरी क्षेत्रमा जङ्गली हात्तीको अत्यधिक त्रासका कारण किसानहरू रातभर जाग्राम बस्न बाध्य भएका छन् । भारततर्फबाट हुल बाँधेर आउने हात्तीले पाकेको अन्नबाली नष्ट गर्नु…

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क