इन्फो नेपाल — सञ्चारको सञ्जाल

पूर्वआईजीपी दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडाैँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। आज न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश दिएको हो।

​अदालतको यो आदेशसँगै नवनियुक्त आईजीपी मनोजकुमार शर्मालाई प्रहरी प्रमुखका रूपमा काम गर्न बाटो खुलेको छ।

​गएको कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही बैठकले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोजकुमार शर्मालाई नयाँ आईजीपीमा नियुक्त गरेको थियो।

​मन्त्रिपरिषद्को उक्त निर्णय बदर गर्न माग गर्दै कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

​यसअघि मङ्सिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई अदालत बोलाएको थियो।

सम्बन्धित समाचार

पत्रकार धरपकड र प्रेस स्वतन्त्रता हस्तक्षेपविरुद्ध महासंघको देशव्यापी प्रदर्शन

मकवानपुर । पत्रकारमाथि भइरहेको धरपकड, गिरफ्तारी र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध नेपाल पत्रकार महासंघले देशव्यापी विरोध प्रदर्शन गरेको छ। महासंघले हिजो देशभरका जिल्ला प्र…

विपद्को जोखिम देखिए मोबाइलमै बज्नेछ साइरन, स्वदेशमै बन्यो प्रविधि

बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिममा रहेका नागरिकलाई मोबाइलमार्फत तत्काल चेतावनी दिने प्रविधि नेपालमै विकास गरिएको छ। सरकारले विकास गरेको ‘सेल ब्रोडकास्ट प्रणाली’को प्रार…

अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…

इन्फो डेस्क