इन्फो नेपाल — सञ्चारको सञ्जाल

भक्तपुरका सुकुम्बासीलाई शुक्रबारसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन

काठमाडाैँ । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका थापाथलीका १९ विस्थापित परिवारलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले भोलि शुक्रबार दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न निर्देशन दिएको छ। प्रशासनले होल्डिङ सेन्टरमा सूचना टाँसेर तोकिएको समयभित्र बाहिरिन भनेको हो।

​प्रशासनका अनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र सम्बन्धित पालिकाबाट प्राप्त विवरण जाँच गर्दा ७ परिवारका घरमूली वा सदस्यको नाममा जग्गा देखिएको छ। भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२क र ५२ख अनुसार ती परिवार भूमिहीनको सूचीमा नपर्ने सूचनामा उल्लेख छ।

​यस्तै, जग्गा नदेखिएका बाँकी १२ परिवारका हकमा सम्बन्धित पालिकाबाट जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेर निस्सासमेत प्राप्त भइसकेको प्रशासनले जनाएको छ। ती १२ परिवारलाई सम्बन्धित पालिकाबाट प्राप्त निस्सा र नेपाल सरकारले घरभाडास्वरूप तोकेको सुविधा बुझेर होल्डिङ सेन्टर छाड्न भनिएको छ।

​बोडेको होल्डिङ सेन्टरमा थापाथलीबाट विस्थापित १९ परिवारका ५९ जना बस्दै आएका छन्, जसमा १७ जना बालबालिका छन्।

​गएको वैशाख १२ गते थापाथली, मनोहरा र सिनामंगललगायतका नदी किनारका बस्तीमा डोजर चलाइएपछि विस्थापित भएका परिवारलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो। त्यतिबेला सरकारले १५ दिनभित्र वैकल्पिक व्यवस्था गर्ने प्रतिबद्धता जनाए पनि ८ महिना बित्दा समेत उनीहरूको पुनःस्थापनाको टुंगो लाग्न सकेको छैन।

सम्बन्धित समाचार

आवासको टुङ्गो लगाएपछि मात्र होल्डिङ सेन्टरबाट हटाउन सुकुम्वासीकाे माग

काठमाडौँ । काठमाडौँका बागमती, मनोहरालगायत नदी किनारका बस्ती खाली गराउँदा विस्थापित भएका परिवारले वैकल्पिक बासस्थान वा स्थायी पुनर्स्थापनाको व्यवस्था गरेपछि मात्र होल्डिङ सेन्टरबाट…

तीन महिनापछि बस्दै बागमती प्रदेशसभा बैठक, मंसिर १५ गतेका लागि आह्वान

हेटौँडा । करिब तीन महिनादेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक आगामी मंसिर १५ गते बस्ने भएको छ । प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत १९औँ बैठक मंगलबार दिउँसो १ बजेका लागि आह्वान गरि…

उद्योग दिवसमा बागमतीका १४ उद्यमीलाई ११ लाख ७५ हजार रुपैयाँ पुरस्कार

बागमती प्रदेशका १४ उद्यमीले कुल ११ लाख ७५ हजार रुपैयाँसहित नवप्रवर्तन उद्यमी सम्मान पाएका छन् । बुधबार हेटौँडामा आयोजित १२औँ उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा प्…