इन्फो नेपाल — सञ्चारको सञ्जाल
Read in English →

तीन महिनापछि बस्दै बागमती प्रदेशसभा बैठक, मंसिर १५ गतेका लागि आह्वान

मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिएयता बस्न नसकेको प्रदेशसभा बैठक आगामी मंगलबार बस्ने भएको हो।

हेटौँडा । करिब तीन महिनादेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक आगामी मंसिर १५ गते बस्ने भएको छ । प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत १९औँ बैठक मंगलबार दिउँसो १ बजेका लागि आह्वान गरिएको हो ।

प्रदेशसभा सचिवालयले बुधबार सूचना जारी गर्दै बैठकको मिति र समय निर्धारण गरिएको जानकारी दिएको छ । सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम उपसभामुख अप्सरा चापागाईंले बैठकको मिति र समय निर्धारण गरेकी हुन् ।

गत भदौ ९ गते मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिएपछि प्रदेशसभाको बैठक बस्न सकेको थिएन । त्यसयता प्रदेशसभाको नियमित संसदीय गतिविधि ठप्प रहँदै आएको थियो ।

लामो समयसम्म प्रदेशसभा बैठक नबस्दा प्रदेश सरकारका कामकारबाहीमाथि संसदीय छलफल, कानुन निर्माण तथा जनसरोकारका विषयमा प्रदेशसभा सदस्यहरूले सदनमार्फत आवाज उठाउने अवसरसमेत प्रभावित भएको थियो ।

प्रदेश सरकारलाई जवाफदेही बनाउने, विकास निर्माणका विषयमा छलफल गर्ने तथा प्रदेशका लागि आवश्यक कानुन निर्माण गर्ने प्रमुख थलो प्रदेशसभा हो ।

करिब तीन महिनापछि बस्न लागेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीतिक परिस्थिति, प्रदेश सरकारका कामकारबाही तथा जनसरोकारका विषय उठाउन सक्नेछन् ।

यद्यपि, आगामी बैठकमा कुन–कुन विषयमा छलफल हुनेछ भन्नेबारे प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छैन ।

सम्बन्धित समाचार

आवासको टुङ्गो लगाएपछि मात्र होल्डिङ सेन्टरबाट हटाउन सुकुम्वासीकाे माग

काठमाडौँ । काठमाडौँका बागमती, मनोहरालगायत नदी किनारका बस्ती खाली गराउँदा विस्थापित भएका परिवारले वैकल्पिक बासस्थान वा स्थायी पुनर्स्थापनाको व्यवस्था गरेपछि मात्र होल्डिङ सेन्टरबाट…

भक्तपुरका सुकुम्बासीलाई शुक्रबारसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन

काठमाडाैँ । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका थापाथलीका १९ विस्थापित परिवारलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले भोलि शुक्रबार दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न न…

उद्योग दिवसमा बागमतीका १४ उद्यमीलाई ११ लाख ७५ हजार रुपैयाँ पुरस्कार

बागमती प्रदेशका १४ उद्यमीले कुल ११ लाख ७५ हजार रुपैयाँसहित नवप्रवर्तन उद्यमी सम्मान पाएका छन् । बुधबार हेटौँडामा आयोजित १२औँ उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा प्…