इन्फो नेपाल — सञ्चारको सञ्जाल

आवासको टुङ्गो लगाएपछि मात्र होल्डिङ सेन्टरबाट हटाउन सुकुम्वासीकाे माग

काठमाडौँ । काठमाडौँका बागमती, मनोहरालगायत नदी किनारका बस्ती खाली गराउँदा विस्थापित भएका परिवारले वैकल्पिक बासस्थान वा स्थायी पुनर्स्थापनाको व्यवस्था गरेपछि मात्र होल्डिङ सेन्टरबाट हटाउन माग गरेका छन्।

​भक्तपुरको बोडे, खरिपाटी र इचङ्गुनारायणस्थित होल्डिङ सेन्टर भोलि शुक्रबारसम्म खाली गर्न प्रशासनले सूचना टाँस गरेपछि विस्थापितहरूले उक्त सूचना फिर्ता लिन माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ६ बुँदे ज्ञापनपत्र बुझाएका हुन्।

​विस्थापितहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै विना विकल्प आश्रयस्थलबाट बाहिरिनुपर्ने बाध्यता सिर्जना गरिएको गुनासो गरेका छन्। नदी किनारका घरटहरा भत्काउँदाको क्षतिबाट उम्कन नपाउँदै होल्डिङ सेन्टरबाट समेत उठ्नुपर्दा आफूहरू थप बिचल्लीमा परेको पीडितहरूको भनाइ छ।

​राज्यले नाममा जग्गा देखिएको भन्दै केही परिवारलाई मात्र वर्गीकरण गर्ने तर वास्तविक भूमिहीन तथा पीडितहरूको दिगो बसाइँको प्रबन्ध नगरे थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी उनीहरूले दिएका छन्।

सम्बन्धित समाचार

भक्तपुरका सुकुम्बासीलाई शुक्रबारसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन

काठमाडाैँ । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका थापाथलीका १९ विस्थापित परिवारलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले भोलि शुक्रबार दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न न…

तीन महिनापछि बस्दै बागमती प्रदेशसभा बैठक, मंसिर १५ गतेका लागि आह्वान

हेटौँडा । करिब तीन महिनादेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक आगामी मंसिर १५ गते बस्ने भएको छ । प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत १९औँ बैठक मंगलबार दिउँसो १ बजेका लागि आह्वान गरि…

उद्योग दिवसमा बागमतीका १४ उद्यमीलाई ११ लाख ७५ हजार रुपैयाँ पुरस्कार

बागमती प्रदेशका १४ उद्यमीले कुल ११ लाख ७५ हजार रुपैयाँसहित नवप्रवर्तन उद्यमी सम्मान पाएका छन् । बुधबार हेटौँडामा आयोजित १२औँ उद्योग दिवस तथा नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा प्…