पर्यटनभोजपुरको चखेवामा कृषि, पर्यटन र संस्कृति महोत्सव सुरू

भोजपुरको चखेवामा कृषि, पर्यटन र संस्कृति महोत्सव सुरू

भोजपुर | भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले नयाँ वर्षको अवसरमा ‘कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव’ आयोजना गरेको छ। यो महोत्सव गाउँपालिकाको पर्यटकीय स्थल चखेवा भञ्ज्याङमा तीन दिनसम्म आयोजना गरिएको हो।

महोत्सवको उद्घाटन कार्यक्रममा टेम्केमैयुङका गाउँपालिका अध्यक्ष किरण राई, साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलथ कुलुङ, साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, मुन्धुम पदमार्गका अभियान्ता हरि बहादुर राई, टेम्केमैयुङका ९ वटै वडाका वडा अध्यक्षहरू, समाजसेवी, बुद्धिजीवी र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

महोत्सवको उद्देश्य मुन्धुम पदमार्गको प्रवर्द्धन गर्ने रहेको छ। यसका लागि महोत्सवमा मुन्दुम पदमार्गको बारेमा समेटिएको बृतचित्र, स्थानीय कृषि उत्पादन र उद्योगसँग सम्बन्धित स्टल, हस्तकलाबाट निर्मित राडीपाखीहरू, कविता प्रतियोगिता, बाघखोरबाट चखेवासम्म मुन्दुम ट्रल रेस, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति रहने छ।

महोत्सवमा अर्गानिक खानाका परिकार तथा प्रर्दशनी पनि रहेको छ। महोत्सवमा आउने पर्यटकलाई लक्षित गरेर स्थानीय विभिन्न जातजातिको संस्कार र संस्कृतिको झाँकी प्रर्दशन समेत रहने छ ।

गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्दै जाने क्रममा चखेवामा पर्यटन सूचना केन्द्र निर्माण गरिएको छ। महोत्सवका लागि गाउँपालिकाले १० लाख र आयोजक पक्षले ३ लाख गरी करिब १३ लाख रुपैयाँ खर्चको अनुमान छ । महोत्सवमा करिब ५० हजार जनाको अप्रत्यक्ष तथा प्रत्यक्ष सहभागिता रहेको आयोजकको दाबी छ।

यस महोत्सवले गाउँपालिकाको कृषि, पर्यटन र संस्कृतिको प्रवर्द्धन गर्नेमा केन्द्रित रहेको छ। साथै, मुन्धुम पदमार्गलाई प्रवर्द्धन गरेर टेम्केमैयुङलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्य पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img