देशआगामी तीन दिन देशको धेरै स्थानमा वर्षा हुने, सतर्कता अपनाउन आग्रह

आगामी तीन दिन देशको धेरै स्थानमा वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशको धेरै स्थानमा वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका धेरै भूभागहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातको सयममा देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img