हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । देशको प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी भु-भागमा आँशिक देखि सामान्य बदली रहेको छ। प्
रदेश नं १,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम का थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश ,गण्डकी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राती भने देशभर धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १ र मधेश प्रदेशका एक-दुई स्थानहरु साथै बांकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।
२०७९ असार २५ गते (शनिबार)
दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखी पूर्ण बदली रहनेछ र बांकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णीली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बांकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र बाग्मती प्रदेशका एक-दुई स्थानहरुमा साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णीली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । राती देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०७९ असार २६ गते (आईतबार)
दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा र बांकी भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।राती देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।