इन्फो नेपाल — सञ्चारको सञ्जाल

गर्मी अझै बढ्ने, तराईमा 'लू' बाट जोगिन आग्रह

काठमाडौँ | जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन देशभर गर्मी बढ्ने भन्दै तराईका भूभागहरूमा अत्यधिक गर्मी र 'लू' बाट बच्न आग्रह गरेको छ। विभागले आज एक बुलेटिन जारी गर्दै देशका धेरैजसो भू-भागहरूमा गर्मी बढ्दै गएको र लुम्बिनी प्रदेश, मधेस प्रदेशको तराई क्षेत्रका केही भागहरूमा पछिल्ला दुई दिनदेखि तथा सुदूरपश्चिम प्रदेशको तराईका भागहरूमा एक दिनदेखि न्यूनतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी रहेको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी ५ दिन (वैशाख १० देखि १४ गतेसम्म) तराई क्षेत्रहरूमा तातो हावा र 'लू' लाग्ने सम्भावना रहेकाले त्यसबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। यस्तै, पहाडी भूभागका उपत्यका र खोंचहरूमा पनि तापक्रम क्रमिक रुपमा बढ्ने देखिएकाले महाशाखाबाट जारी हुने पूर्वानुमानलाई नजिकबाट अनुगमन गर्न पनि अनुरोध गरिएको छ। महाशाखाले 'लू'बाट बच्न बाहिर नजान, हलुका कपडा लगाउन, टाउको ढाक्ने, पानी र खाना साग्रेनी प्रशस्त सेवन गर्न र स्वास्थ्यसम्बन्धी समस्या देखिए स्वास्थ्यकर्मीसँग सल्लाह लिन पनि सुझाव दिएको छ।

सम्बन्धित समाचार

भीमफेदी दुर्घटनाको प्रतिवेदन : ४९ घण्टामा करिब ३४ घण्टा यात्रा, ११ सिटको ईभीमा २० जना

भीमफेदीमा १४ जनाको ज्यान गएको ईभी दुर्घटनाको छानबिन प्रतिवेदनले चालकको लगातार लामो यात्रा र पर्याप्त विश्रामको अभावलाई सम्भावित कारण मानेको छ। ११ जनाको क्षमता भएको गाडीमा २० जना सव…

इन्फो नेपाल संवाददाता

आज देशका अधिकांश स्थानको मौसम सफा

काठमाडाैँ । आज काठमाडौँ उपत्यकासहित देशका धेरैजसो स्थानको मौसम सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश प्रदेश तथा कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल ल…

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी