मौसमदेशका विभिन्न स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं | जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै कोशी, मधेश, बागमती, र गण्डकी प्रदेशका विभिन्न स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ। यसका साथै, कोशी प्रदेशका तराई भू-भागमा हावाहुरीको सम्भावना पनि रहेकोले विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

कोशी प्रदेशका केही स्थानहरूमा हाल हल्का वर्षा भइरहेको छ। शुक्रबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। कोशी प्रदेशको तराई भू-भागमा हावाहुरीको सम्भावना रहेकोले त्यहाँका स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन भनिएको छ।

शनिबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदलीका साथै मौसम सफा रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

राति पनि देशभर आंशिकदेखि साधारण बदली रहनेछ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जानकारी दिएको छ।

आइतबार पनि देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा हुनसक्ने सम्भावना छ। राति पनि यस्तै अवस्था कायम रहनेछ, विशेषगरी पहाडी भू-भागमा हल्का देखि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।

कोशी प्रदेशका तराई क्षेत्रहरूमा हावाहुरीको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना छ। साथै, बाढी, पहिरो र भू-क्षयको जोखिम रहेकोले ती स्थानहरूमा विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img