अर्थ व्यापारसुनको मूल्य नयाँ उचाइमा, चाँदी घट्यो

सुनको मूल्य नयाँ उचाइमा, चाँदी घट्यो

काठमाडौं | नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो।

यसअघि बुधबार सुनको मूल्य १ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको थियो।

महासंघका अनुसार सुन महँगिए पनि चाँदीको मूल्य घटेको छ। बुधबार तोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज घटेर १ हजार ९९५ रुपैयाँ मा कारोबार भइरहेको छ।

विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव र माग-आपूर्तिको असरले नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको हो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img