शिक्षाएसईई नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

एसईई नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौं |राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ एसईई परीक्षा २०८१ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार जम्मा परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका छन् भने करिब ३८ प्रतिशत विद्यार्थी ननग्रेडेड(अवगर्गीकृत) सूचीमा परेका छन्।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आयोजित पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गर्दै यस वर्षको परिणाम अपेक्षाअनुसार रहेको संकेत दिए। उनका अनुसार नियमिततर्फ ४ लाख ३१ हजार ४६६ जना र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ जना गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

एसईई नतिजाका मुख्य तथ्यांकले शैक्षिक गुणस्तरमा सुधार आएको देखाएका छन्। जीपीए ३.६ देखि ४ ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ रहेको छ भने ३.२ देखि ३.६ ल्याउने विद्यार्थी ८१ हजार ३८५ जना छन्। त्यस्तै, २.८ देखि ३.२ बीच जीपीए ल्याउनेको संख्या सबैभन्दा धेरै ८९ हजार १२४ रहेको छ।

२.४ देखि २.८ ल्याउने ४८ हजार ४७९ जना छन् भने २ देखि २.४ बीच ल्याउनेको संख्या ४ हजार १२६ मा सीमित छ। यतिमात्र होइन, १.६ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या जम्मा ८ जना रहेको बोर्डले जनाएको छ। यसैबीच, १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ भने १ लाख ६७ हजार ५९७ जना विद्यार्थी अवगर्गीकृत सूचीमा परेका छन्।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img