कृषीबेमौसमी बर्षाले धानबालीमा : ८.२७ अर्बको नोक्सान

बेमौसमी बर्षाले धानबालीमा : ८.२७ अर्बको नोक्सान

काठमाडौं : नेपालमा खेती गरिने जमिन लगभग तीस लाख एकानब्बे हजार हेक्टर भन्दा बढि छ । यसको झन्डै आधा भूभागमा धानखेती हुन्छ । नेपालमा बर्सेनि करिब पच्पन्न लाख मेट्रिक टन हाराहारी धान उत्पादन हुन्छ ।

पछिल्लो विवरणअनुसार वर्षाले देशभरिमा गरी धान बालीमा मात्र आठ अर्ब २६ करोड असी लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएको तथ्यांक कृषि तथा पशुपन्छी विकास मन्त्रालय सार्वजनिक गरेको छ । पाकेर भित्र्याउनै तयार भएको अवस्थामा लगातारको वर्षा र त्यसपछिको डुबानका कारण धान बालीमा ठूलो क्षति हुन पुगेको छ । किसानले काटेर गरामा सुकाएको निहिन डुबाउँदा पनि क्षतिको मात्रा बढ्न पुग्यो ।

मन्त्रालयका अनुसार सातवटै प्रदेशमा बेमौसमी वर्षाले क्षति पुर्‍याएको छ । वर्षाले ३ लाख २५ हजार २ सय ५८ मेट्रिक टन धान नष्ट गरेको मन्त्रालयको तथ्यांक छ । सातवटा प्रदेशका विभिन्न जिल्लामा गरी ८५ हजार ५ सय ८० हेक्टर क्षेत्रफलको धानबालीमा पूर्ण रुपमा क्षति पुगेको छ । त्यस्तै २ लाख ८५ हजार ५ सय ९ हेक्टर क्षेत्रफलमा रोपेको धानबालीमा आंशिक क्षति पुगेको छ ।

लुम्बिनी प्रदेशमा मात्रै ४ अर्ब ५१ करोड र सुदूरपश्चिम प्रदेशमा १ अर्ब ९१ करोड मूल्य बराबरको धानमा क्षति पुगेको तथ्यांक मन्त्रालयको छ ।यसले कृषि कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा ७ प्रतिशतभन्दा बढी योगदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img