अर्थ व्यापारसुनचाँदीको भाउ घट्यो , कति पुग्यो ?

सुनचाँदीको भाउ घट्यो , कति पुग्यो ?

शुक्रबार नेपाली बजारमा सुनको भाउ ९२ हजार रुपैयाँमा झरेको छ । गत बिहीबार बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ४०० रुपैयाँले घटेर ९२ हजार रुपैयाँ झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

त्यसो त अघिल्लो बुधबार पनि सुनको भाउ ९२ हजार रुपैयाँमा नै कारोबार भएको थियो । यस्तै, आज यता तेजाबी सुनको मूल्य पनि तोलामा ४०० रुपैयाँले नै घट्दै ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने गत बिहीबारको मूल्यमा तोलामा ५ रुपैयाँले घट्दै आज एक हजार २४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img