शिक्षासिटिइभिटीले नतिजा प्रकाशित गर्न बाँकि रहेका सबै परीक्षाको नतिजा आइतबार…

सिटिइभिटीले नतिजा प्रकाशित गर्न बाँकि रहेका सबै परीक्षाको नतिजा आइतबार…

सिटिइभिटीले नतिजा प्रकाशित गर्न बाँकि रहेका सबै परीक्षाको नतिजा आइतबार भित्र सार्वजनिक हुने जनाएको छ । २०७७ को फागुन र चैतमा सञ्चालन भएका परीक्षाको नतिजा प्रकाशित गर्न लागेको जनाएको छ ।

परिषद्ले डिप्लोमा तथा प्रमाण पत्र तह दोस्रो वर्षको कृषि, फार्मेसी र ल्याबको परीक्षाफल प्रकाशित गर्न बाँकि रहेकोमा आइतबार भित्र सार्वजनिक गर्ने तयारि गरेको जनकारि दिएको छ ।को’भिड १९ का कारण बिचमा लक/डाउन हुँदा कर्मचारी अ’भावले नतिजा प्रकाशनमा ढीला भएको र अहिले बाँकि नतिजा प्रकाशितको अन्तिम तयारीमा रहेको परीक्षा नियन्त्रक कृष्ण जिसिले बताए । उनले भने “हामी सकेसम्म कर्तिक १२ गते शुक्रबार नतिजा सार्वजनिक गर्ने तयारीमा छौं, नभए ढिलोमा आइतबार भित्र प्रकाशित गर्छौ । ”

साथमा-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र स्वीजरल्याण्डका महामहिम राजदूत एलिजाबेथ भोन क्यापेलर बीच शिष्टचार भेटवार्ता भएको छ । बिहिबार बिहान मन्त्रालयमा भएको भेटवार्तामा प्राविधिक तथा व्यवसायीक परियोजनामा लगानी गर्ने विषयमा छलफल भएको हो ।भेटवार्ताको क्रममा मन्त्री पौडेलले स्वीजरल्याण्ड सरकारले नेपालमा प्राविधिक शिक्षाको विकास र विस्तारका लागि लामो समयदेखि प्राविधिक र आर्थिक क्षेत्रमा निरन्तर रुपमा सहयोग गर्दै आएको बताउँदै थप परियोजनामा सहयोग गर्न आग्रह गर्नुभयो ।

मन्त्री पौडेलले प्राविधिक तथा व्यवासायिक शिक्षा एवम् तालिमको माध्यमबाट सीपयुक्त दक्ष जनशक्ति तयार गरि उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध नेपाल निर्माणको यात्रामा स्वीजरल्याण्ड सरकारबाट थप सहयोग प्राप्त हुने बताउनुभयो ।‘हामी प्राविधिक शिक्षाको क्षेत्रमा वैदेशिक सहयोग परिचालन गर्ने सम्बन्धमा संयुक्त लगानी कार्यढाँचा (स्वाप मोडेल) विकास गरी साझेदारसँग सहकार्य गर्दै जाने सोचका साथ आवश्यक कार्य गरिरहेका छौं,’ मन्त्री पौडेलले भन्नुभयो,‘ यस विषयमा महामहिम राजदूतबाट थप प्राविधिक सहयोगको अपेक्षा समेत गरेको छु ।’

भेटवार्तामा राजदूत क्यापेलरले प्राविधिक तथा व्यवसायीक परियोजनाका लागि शिक्षा मन्त्रालयले आवश्यक कानुन पारित गरि लगानीको वातावरण सिर्जना गर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘हाम्रो देशमा ८० प्रतिशतमा विद्यायार्थी प्राविधिक तथा व्यवासायीक शिक्षामा छन्,’ उनीहरु त्यहाँबाट सिधै रोजगारीमा केन्द्रीत हुन्छन् त्यही अनुसार शिक्षामन्त्रालयले कानुन निर्माण गरोस् भन्ने हाम्रो भनाइ हो ।’

स्वीजरल्याण्ड सरकारले जिरी र बालाजुमा प्राविधिक शिक्षालयको स्थापना, प्राविधिक तथा व्यावसायिक शिक्षामा प्रशिक्षकहरुका लागि तालिम, रोजगार कोष परियोजा, व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाका लागि प्राविधिक सहयोग, विद्यावारिधि र उच्च विद्यावारिधि गर्न छात्रवृत्ति लगायतमा सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img