अर्थ व्यापारबढ्यो पेट्रोलको मुल्य

बढ्यो पेट्रोलको मुल्य

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ। इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार, निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, हवाई इन्धन (आन्तरिकतर्फ) मा प्रतिलिटर २ रुपैयाँ, र अन्तर्राष्ट्रिय हवाई इन्धनमा काठमाडौँका लागि प्रति किलोलिटर १५ अमेरिकी डलरले मूल्य वृद्धि गरेको हाे।

पोखरा र भैरहवाका लागि ब्रेक-इभन मूल्यमा बिक्री कायम गरिएको निगमले जानकारी दिएको छ। एलपीजी ग्यासको मूल्य प्रतिसिलिन्डर १४ रुपैयाँ ४९ पैसाले वृद्धि भए पनि उपभोक्ताको हितका लागि पुरानै दर कायम गरिएको छ।

त्यसैगरी, मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ ७४ पैसाले बढे पनि साविककै दर कायम गरिएको छ। डिजेलमा प्रतिलिटर १८ पैसा घटे पनि मूल्य यथावत् राखिएको छ। नयाँ मूल्य दर शनिबार राति १२ बजेर १ मिनेटदेखि लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img