अर्थ व्यापारबजेट २०८२/८३: खेलकुदमा रेकर्ड लगानी, कृषिमा आत्मनिर्भरता, युवालाई सस्तो ऋण

बजेट २०८२/८३: खेलकुदमा रेकर्ड लगानी, कृषिमा आत्मनिर्भरता, युवालाई सस्तो ऋण

काठमाडौं | उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेटमा युवा, खेलकुद, कृषि र स्टार्टअप क्षेत्रमा उल्लेख्य रकम विनियोजन गरिएको छ।

खेलकुदमा ऐतिहासिक बजेट
यस पटक युवा तथा खेलकुद मन्त्रालयका लागि अहिलेसम्मकै उच्च बजेट विनियोजन गर्दै ६ अर्ब ८ करोड रुपैयाँ छुट्याइएको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ५० करोडभन्दा २ अर्ब ५८ करोडले बढी हो। खेल पूर्वाधारमा विशेष जोड दिँदै १०औं राष्ट्रिय खेलकुद, त्रिवि क्रिकेट मैदानको स्तरोन्नति, दमकमा आधुनिक रंगशाला निर्माण, गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला तथा उच्च भू-उचाइ खेलकुद रंगशालाको विकास बजेटमा समेटिएको छ।

कृषिमा ५७ अर्बको लगानी
कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरिएको छ। आत्मनिर्भर कृषि प्रणाली निर्माण गर्ने लक्ष्यसहित दूध, मासुजन्य उत्पादनमा उत्पादन वृद्धि, पकेट जोन प्रणाली विस्तारजस्ता कार्यक्रम अगाडि सारिएको छ।

जेनेरेसन जेडलाई ३% ब्याजमा ऋण
युवाहरूलाई उद्यमशील बनाउन सरकारले ३ प्रतिशत ब्याजमा ७३ करोड रुपैयाँ बराबरको सहुलियत ऋण व्यवस्था गर्ने घोषणा गरेको छ। स्टार्टअप र इनोभेटिभ आइडियालाई अगाडि ल्याउने उद्देश्यसहित यो कार्यक्रम ल्याइएको हो।

कुल मिलाएर हेर्दा, आगामी बजेटमा सरकारले उत्पादनमुखी कृषि, खेल पूर्वाधार विकास र जेनेरेसन जेडको उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img