अर्थ व्यापारपेट्रोलमा १५ र डिजेल–मट्टितेलमा १० रुपैयाँ वृद्धि

पेट्रोलमा १५ र डिजेल–मट्टितेलमा १० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो।

निगमले जारी गरेको विज्ञप्तिअनुसार बढेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ। नयाँ मूल्यअनुसार तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ र डिजेल–मट्टितेल १५२ रुपैयाँ कायम भएको छ।

दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१ रुपैयाँ तथा डिजेल–मट्टितेलको मूल्य १५१ रुपैयाँ तोकिएको छ।

त्यस्तै पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेल १४९ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ।

निगमले अमेरिका–इजरायल–इरानबीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको प्रभावले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपरेको जनाएको छ। यस्तो विषम परिस्थितिमा बाध्यतावश मूल्य समायोजन गर्नुपरेको उल्लेख गर्दै निगमले उपभोक्तामा पर्ने असरप्रति आफू संवेदनशील रहेको पनि जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img