मकवानपुर । काठमाडौँ— बजारमा अन्डाको मूल्य पुनः बढेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले प्रतिक्रेट १० देखि १५ रुपैयाँसम्म मूल्य बढाउने निर्णय गरेको छ।
संघले सार्वजनिक गरेको नयाँ मूल्य सूचीअनुसार ‘एक्सएल’ अन्डाको डिपो तथा डिलर मूल्य प्रतिपेटी ४ हजार ३०० रुपैयाँ र ठूलो अन्डाको मूल्य प्रतिपेटी ४ हजार २०० रुपैयाँ तोकिएको छ।
नयाँ दररेट अनुसार उपभोक्ताका लागि ‘एक्सएल’ अन्डा प्रतिक्रेट ६१५ रुपैयाँ र ठूलो अन्डा प्रतिक्रेट ६०० रुपैयाँ पुगेको छ।
यसअघि भदौ १९ गते संघले ‘एक्सएल’ अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ, ठूलो अन्डा ५९० रुपैयाँ र मध्यम (मिडियम) अन्डा ५५० रुपैयाँ निर्धारण गरेको थियो।




