काठमाडौँ। नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा बिक्री भएको थियो।
सुनसँगै चाँदीको भाउ पनि घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ६५० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार २९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




