समाजघोप्टेभिरमा फेरि सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

घोप्टेभिरमा फेरि सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

हेटौँडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा पुनः सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। सोमबार दिउँसो पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडक राति फेरि पहिरो खसेपछि दुईतर्फी रूपमा बन्द भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रभूषण यादवका अनुसार सोमबार राति करिब ११ः१५ बजे घोप्टेभिरमा सुक्खा पहिरो खसेको हो। पहिरोका कारण काठमाडौँ भित्रिने र बाहिरिने सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ।

सोही स्थानमा सोमबार बिहान पनि पहिरो खस्दा घण्टौँसम्म सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएपछि दिउँसो करिब १ः३० बजेदेखि यातायात सञ्चालनमा आएको थियो। तर, राति पुनः पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।

लगातार पहिरो खस्दा पृथ्वी राजमार्ग भएर यात्रा गर्ने यात्रुहरू समस्यामा परेका छन्। तिहारका बेला घर जाने तथा फर्किने यात्रुहरू समेत प्रभावित भएका छन्।

प्रहरीका अनुसार सडकमा खसेको पहिरो हटाएर यातायात पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार