धर्म/संस्कृतिपाटनस्थित कुम्भेश्वर मन्दिरबाट चोरिएको स्वर्ण प्रतिमा इटालीको एक निजी ग्यालरीमा

पाटनस्थित कुम्भेश्वर मन्दिरबाट चोरिएको स्वर्ण प्रतिमा इटालीको एक निजी ग्यालरीमा

काठमाडौँ — पाटनस्थित कुम्भेश्वर मन्दिरबाट चोरिएको स्वर्ण प्रतिमा इटालीको एक निजी ग्यालरीमा भेटिएको छ ।

कुम्भेश्वरको प्रवेशद्धारमै रहेको तोरनको माथिल्लो भागमा रहेको प्रतिमा कहिले चोरिएको भन्ने यकिन नभए पनि त्यसको प्रतिलिपि बनाएर यथास्थानमा राखिएको छ ।

चोरिएका वा हराएका सम्पदाको खोजी/पहिचान अभियान लस्ट आर्टस् अफ नेपालका अनुसार, १७ औं शताब्दीको सम्पदा मानिएको यो प्रतिमाको बिक्री मूल्य ४ हजार युरो भनेर उल्लेख गरिएको छ ।

यो सम्पदाबारे पहिलोपटक सन् १९६३ को आर्कियालोजिकल सर्भे अफ इन्डियाको विस्तृत विवरणमा उल्लेख भएको थियो ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img