श्रीपञ्चमी अथवा वसन्त पञ्चमी सनातन हिन्दूहरूको विशेष पर्व यस वर्ष माघ १२ गते बिहीवारको दिन मनाइँदै छ । यस दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । यो पर्व हरेक वर्ष माघ शुक्ल पञ्चमीको दिन पर्दछ ।
विद्यालयहरूमा पूजाको तयारी शुरू भइसकेका छन् । शिक्षक, विद्यार्थी तथा विविध पेशाकर्मीहरू श्रीपञ्चमीको दिन सरस्वतीमाताको पूजा र आराधना गरी धूमधामले मनाउने चलन सदियौंदेखि निरन्तर छ । युवा
हामी सरस्वती पूजा मनाउँछौं । पूजआजा गर्छौं । सरस्वतीको तस्विर पनि देखेका छौं । त्यसको अर्थ के होला ? सरस्वती स्वरुपले के अर्थ राख्छ ?
श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सवोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला र चौथो हात अभ मुद्रामा रहेकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख छ ।
उनको प्रतिकात्मक चित्र, वहान, हातमा लिएका वाद्ययन्त्र सबैले खास अर्थ बोक्छ ।
जीवनको माधुर्य
उनले हातमा लिएको विणाबाट के पनि बुझिन्छ भने, जीवन धुन हो । यो मधुर हुनुपर्छ । लयवद्ध हुनुपर्छ । कलाले जीवनलाई संगीतमय बनाउँछ ।
पुस्तकले विद्याको र मालाले निष्ठा र सात्विकताको वोध गराउँछ ।
जीवनको सौन्दर्य
सरस्वतीको तस्विरसँगै मयुर देखिन्छ । मयुर सरस्वतीकी वहान हुन् । मयुरालाई सौन्दर्य एवं मधुर स्वरको प्रतिक मानिन्छ । विद्यानै मानिसको सौन्दर्य हो ।



