हेटौँडा | हेटौँडा–१० स्थित तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयले आउँदो फाल्गुन १५ गते ४३ औँ वार्षिक उत्सव तथा अभिभावक भेला आयोजना गर्ने भएको छ। विद्यालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी वार्षिक उत्सवको तयारीबारे जानकारी दिएको हो।
विद्यालयको वार्षिक उत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले गर्ने विद्यालयका प्रिन्सिपल रघुनाथ खरालले जानकारी दिए। कार्यक्रममा विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। होटल म्यानेजमेन्ट संकायका कक्षा ११ र १२ का विद्यार्थीहरूले खाना महोत्सव आयोजना गर्नेछन् भने विज्ञान तथा सामाजिक विषयका शैक्षिक प्रदर्शनी पनि राखिनेछ।
वार्षिक उत्सवको अवसरमा विद्यालयका तीन जना शिक्षक र एक जना कर्मचारीलाई सम्मान गरिनेछ। साथै, विद्यालयले आयोजना गरेको सप्ताहव्यापी प्रतियोगितामा प्रथम, दोस्रो, र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिनेछ।
तुल्सी मेहर माध्यमिक विद्यालयमा हाल १ हजार १ सय ५० जना विद्यार्थी अध्ययनरत छन्।