शिक्षाएसईई २०८१ को नतिजा आज साँझ ५:३० बजे सार्वजनिक हुँदै

एसईई २०८१ को नतिजा आज साँझ ५:३० बजे सार्वजनिक हुँदै

काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज शुक्रबार साँझ ५:३० बजे सार्वजनिक गर्ने भएको छ। बोर्ड अध्यक्ष डा. महाश्रम शर्माले पहिलो चरणको बोर्ड बैठक सम्पन्न भइसकेको र दोस्रो बैठक अपराह्न ४ बजे बसेपछि नतिजा सार्वजनिक गरिने जानकारी दिएका हुन्।

यो वर्षको एसईई परीक्षा २०७९ चैत ७ गतेदेखि सञ्चालन गरिएको थियो। परीक्षा बोर्डका अनुसार नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ परीक्षार्थी सहभागी भएका थिए। यसअनुसार कुल परीक्षार्थी संख्या ४ लाख ९९ हजार १८३ रहेको छ।

नतिजा सार्वजनिक हुने वित्तिकै विद्यार्थीहरूले विभिन्न वेबसाइट, एसएमएस तथा मोबाइल एप्समार्फत आफ्नो परिणाम हेर्न सक्नेछन्। परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि प्राविधिक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

नतिजापछि विषयगत विश्लेषण र ग्रेड प्राप्त विद्यार्थीहरूको विवरणसमेत क्रमशः सार्वजनिक गरिने बोर्डको भनाइ छ। एसईईको नतिजाले विद्यार्थीहरूको उच्च शिक्षामा पाइला चाल्ने दिशातर्फ निर्णायक मोड बनाउने भएकाले नतिजा प्रतिक्षामा हजारौँ विद्यार्थी, अभिभावक र शिक्षकहरूको ध्यान केन्द्रित भएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img